प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

मंगलबार (पुस १०) दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्डले एक वर्षे कार्यकाल पूरा हुँदै गर्दा विशेष खुलासा गर्ने यसअघि सार्वजनिक कार्यक्रममार्फत बताएका थिए।