आइपिओ निष्कासन गर्दै १५ कम्पनी, कुन कम्पनीको कहिले ?

आइपिओ निष्कासन गर्दै १५ कम्पनी, कुन कम्पनीको कहिले ?


काठमाडौं ।

सेयर बजार बढ्न थालेसँगै विभिन्न कम्पनी हरुले आइपिओ निष्कासनको तयारी गर्न थालेका छन् ।

एक दर्जन बढी कम्पनीले आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा अनुमति मागेका छन् भने केहि कम्पनीले आइपिओ जारी गर्न विशेष प्रस्ताव लिएर साधारण सभा डाकेका छन् ।

कुन कुन कम्पनीले आइपिओ ल्याउदै छन् त ?

१. सर्वोत्तम सिमेन्ट

नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई आइपिओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आइपिओ बिक्री गर्न स्वीकृति दिएको हो ।

बोर्डले कम्पनीलाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले ३६ लाख कित्ता आइपिओ बिक्री अनुमति दिएको हो । अब उक्त रुपैयाँका दरले कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख किता आइपिओ निष्कासन गर्नेछ । अब कम्पनीले सबैभन्दा पहिला स्थानीय र वैदेशकि रोजगारमा रहेकालाई सेयर निष्कासन गर्ने छ। त्यसपछि मात्र कम्पनीले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्नेछ ।

अरू कम्पनीको प्राथममिक सेयरमा १० कित्ता आवेदन दिन सकिने भएता पनि कम्पनीको आइपिओमा भने ५० कित्ताभन्दा कम आवेदन दिन पाइने छैन। जसले गर्दा ५० कित्ताका लागि आवेदन दिन पनि १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्दछ ।

२. जगदम्बा हस्पिटालिटी ग्रूप लिमिटेड
काठमाडौँ जगदम्बा हस्पिटालिटी ग्रूप लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। साविकको जगदम्बा हस्पिटालिटी ग्रूप प्राइभेट लिमिटेड गत असार २८ गतेदेखि कम्पनीमा परिणत भएकाले सर्वसाधारण तर्फको समेत हिस्सा कायम गर्न लागिएको हो ।

कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आइपिओ निष्कासन गर्ने प्रस्ताव लगायत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेको हो ।

३.लक्ष्मी स्टिल लिमिटेड
लक्ष्मी स्टिल लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आइपिओ निष्कासन गर्ने प्रस्तावलगायत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेको हो ।

४. मेडिकेयर हस्पिटल लिमिटेड
मेडिकेयर हस्पिटल लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।कम्पनीले हाल कायम चुक्तापूँजीको ४८.८० प्रतिशत बोनस सेयर र १४.३४ प्रतिशत नगद लाभांश गरि कुल ६३.१५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।

यसैगरी, कम्पनीले उक्त बोनस पछि १२ प्रतिशत हकप्रद निष्कासन गर्ने पस्ताव पनि गरेको छ । कम्पनीले बोनस र हकप्रदपछि कायम हुने पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो ।

५.पिपल्स इनर्जी लिमिटेड
पिपल्स इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

६. मौलाकाली केबल कार लिमिटेड
मौलाकाली केबल कार लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।कम्पनीले आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २७ गते शुक्रबार गर्ने भएको हो ।

७. लुम्बिनी केबल कार लिमिटेड
लुम्बिनी केबल कार लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ।कम्पनीले आगामी पुस २८ गते शनिबार वार्षिक साधारणसभा बोलाएको छ । सोही साधरणसभाले आईपिओ निष्कासन गर्ने निर्णय गर्ने कम्पनीले जनाएको छ ।

८. जय अम्बे स्टिल्स
जय अम्बे स्टिल्सले आइपिओ जारी गर्ने भएको छ । मंसिर २५ गते बसेको सञ्चालक समिति बैठकले गरेको निर्णयअनुसार कम्पनीले आइपिओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजान लागेको हो ।

कम्पनीले पुस २६ गतेका लागि साधारणसभा बोलाएको छ । सञ्चालक समितको निर्णय साधारण सभाबाट पारित भएपछि कम्पनीले आइपिओ निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ ।

९.पूर्वाञ्चल ल्युव आयल लिमिटेड
पूर्वाञ्चल ल्युव आयल लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ ।कम्पनीले आइपिओ निष्कासन गर्ने प्रस्तावसँगै पुस २९ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले प्राथमिक शेयर निष्कासन गर्ने, बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

आइपिओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

१०. जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट लिमिटेड
जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट लिमिटेडले आइपिओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।साविकको जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड २०७९ असार ३१ गतेदेखि कम्पनीमा परिणत भएकाले सर्वसाधारणतर्फको समेत हिस्सा कायम गर्न सेयर निष्कासन गर्न लागिएको हो ।

कम्पनीले प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने दोस्रो वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।

११. किसान होल्डिङ लिमिटेड
किसान होल्डिङ लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ ।कम्पनीले आइपिओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।

त्यस्तै, सोलार फार्म लिमिटेड सोलार फार्म लिमिटेड, बिजनेश इन्ट्रेष्ट ग्रूप अफ ईण्ड्रष्ट्रिज लिमिटेड, संयुक्त ऊर्जा लिमिटेड,लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीले आइपिओ निष्कासन सहितका विभिन्न प्रस्तावहरु पारित गर्न आगामी पुस २१ देखि २८ गते सम्म वार्षिक साधारण सभा बोलाएको छ।