आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख २० हजार १०० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ १० रुपैयाँले घटेको छ ।

हिजो १४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।