प्रधानाध्यापक स्वर्णकारको हत्याका मुख्य अभियुक्तलाई प्रहरीले हान्याे गोली

प्रधानाध्यापक स्वर्णकारको हत्याका मुख्य अभियुक्तलाई प्रहरीले हान्याे गोली


बारा ।

दुई महिना पछि नेपाल प्रहरीले कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा मुख्य अभियुक्त भनिएका सुजित कुमार सिंहलाई पक्राउ गरेको छ ।

स्वर्णकारको हत्यामा संलग्न सिंहलाई बारा प्रहरीले २ महिनादेखि खोजी गरेको थियो ।

अन्ततः उनलाई मंगलवार राति करिब ९ बजे २ राउन्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जनाएका छन् । उनीसँग प्रहरीले एक थान पेस्तोल र ४ थान गोली सहित नियन्त्रणमा लिएको हो ।

विश्रामपुर गाउँपालिका वडा नं. ३ मा देखिएका सिंहलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गर्नुपरेको प्रहरी उपरीक्षक काफ्लेले जनाएका छन् । सिंहको हाल कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।