नेपाल लाइफको ५.२३ लाख कित्ता सेयर लिलामीमा, कसले दिन पाउँछन् आवेदन ?

नेपाल लाइफको ५.२३ लाख कित्ता सेयर लिलामीमा, कसले दिन पाउँछन् आवेदन ?


काठमाडौँ ।

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ।

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको नेपाल लाइफको संस्थागत समूहको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर आज९पुस ११ गते०देखि लिलामीमा राखिएको कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरू वा सर्वसाधारण,कम्पनी, तथा संघ संस्थाहरूले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ निर्धारण गरिएको सेयरमा बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूल्यमा नघट्ने गरी पेश गर्नुपर्नेछ।

सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०,००० कित्ता र अधिकतममा सम्पूर्ण सेयर सङ्ख्याका लागि आवेदन दिन सकिनेछ। यो सेयरको बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल बबरमहलमा आई पुग्ने गरी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। लगानीकर्ताले पुस १९ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।