नेपालगञ्ज ।
बाँकेको मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै सकेट बम फेला परेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा सो सकेट बम फेला पारेको हो ।
खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ सो सकेट बम फेला परेको हो । नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्किृय पारेको जिल्ला प्रहरी कार्यालयउ बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीले जानकारी दिए ।
सो सकेट बम द्वन्द्वकालिन भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रतिक्रिया