पश्चिम क्षेत्रका दुईवटा संस्था ‘यातायात व्यवसायी भलाई कोष’मा दर्ता

पश्चिम क्षेत्रका दुईवटा संस्था ‘यातायात व्यवसायी भलाई कोष’मा दर्ता


बुटवल ।

पश्चिम क्षेत्रका दुईवटा यातायात व्यवसायी संस्था यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलमा दर्ता भई सञ्चालन गर्नेगरी सम्झौता भएको छ ।

जाजरकोट–डोल्पा यातायात प्रालि र नेपाल पुर्व–पश्चिम यातायात प्रालि बाँकेले कोषमा दर्ता भएर यातायात व्यवसाय सञ्चालन गर्ने सम्झौता गरेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेले जानकारी दिए ।

बुटवलमा आयोजित एक कार्यक्रमका बीच जाजरकोट–डोल्पा यातायात प्रालिका तर्फबाट अध्यक्ष नवराज सिंह तथा नेपाल पुर्व–पश्चिम यातायात प्रालिका तर्फबाट अध्यक्ष धनबहादुर पुन, महासचिव विजय थापा र कोषाध्यक्ष नेपबहादुर खड्का तथा भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा कोषका पदाधिकारी तथा सञ्चालक समितिका सदस्यहरु सहभागी थिए ।