आजपनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आजपनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २०० रुपैयाँले घटेको छ ।

यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ रहेको छ । त्यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ ।

यसैगरी चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको भाउ प्रतितोला १ हजार ४५५ रुपैयाँ रहेको छ ।