घरजग्गा मेलामा उपभोक्ताहरूको उल्लेख्य उपस्थिति

घरजग्गा मेलामा उपभोक्ताहरूको उल्लेख्य उपस्थिति


काठमाडौँ ।

काठमाडौंको भृकुटीमण्डपमा पौष १२ गतेदेखि सञ्चालन भइरहेको आठौं घरजग्गा मेलामा उपभोक्ताहरूले उल्लेख्य उपस्थिति जनाएका छन् ।

लामो समयपछि घरजग्गा मेला सञ्चालन भएकाले घरजग्गा किन्ने क्रेता र बिक्रेताहरूको उपस्थिति मेलामा उल्लेख्य रहेको हो ।

मेलामा रहेका सिडी डेभलपर्स, प्रसिद्दि रोहनी हाउजिङ एण्ड सप्लायर्स प्रा.लि., (नगरकोट ड्रीम सिटि) ग्रिन हिल सिटी, ग्रिन सिटी नेपाल, सिजी प्रपर्टी रियल स्टेटले विशेष छुटसहित मेलामा आफ्ना प्रपर्टीहरु राखेका छन् ।

काठमाडौ को कोलाहल बाट रिफ्रेसको लागि अलि टाढा अनि एकान्त पारिवारिक बाताबरण भएको नगरकोटको दृश्य ले आज भोलि जो कोहिको मन लोभ्याउने गर्दछ तेसलाइ मध्यनजर गर्दै नगरकोटी ड्रीम सिटि को परियोजना ल्याएको हौ , प्रसिद्दि रोहनी हाउजिङ कम्पनी का प्रमोटर मोहन बहादुर राउत ले बताए ।

प्रसिद्दि रोहनी हाउजिङ एण्ड सप्लायर्स प्रा.लि.ले हेटौँडा, विराटनगरदेखि नगरकोटसम्म जग्गा र नगरकोट ड्रिम सिटीको योजना अघि सारेको छ । यो व्यवस्थित र अहिलेको मापदण्डअनुसार खुला क्षेत्रसहित राखेर खुला क्षेत्रमा पनि कम्युनिटी हल गार्डेनसहित बनाउने काम भइरहेको प्रा.लि.का डाइरेक्टर राजकुमार राइले बताए ।

साथै रोहिनी रियलस्टेटका अध्यक्ष धुर्ब घिमिले भन्नू हुन्छ हेटौंडामा पनि ड्रिम सिटी बनाइरहेको र हेटौँडाको १० धुरमा बनेका घरको मूल्य एक करोडसम्म पर्ने बताए । नगरकोटको काम सुरु भएको ६ महिना भएको र सो अवधिमा अहिले सबै काम सकिसकेर बाटोको रेखांकनको काम भइरहेको छ ।