मन्त्रीको गाडी आगजनी प्रकरणमा पक्राउ परेका ७३ जना छुटे

मन्त्रीको गाडी आगजनी प्रकरणमा पक्राउ परेका ७३ जना छुटे


काठमाडौं ।

बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छाडेको छ।

शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए।

इपिएस भाषा परीक्षाको विवादमा चर्किएको प्रदर्शनबाट प्रहरी नियन्त्रणमा लिएको ७३ जनालाई छाडिएको डिआइजी कडायतले जानकारी दिए।

शुक्रबार ग्वार्को-बालकुमारीमा इपिएस परीक्षाका लागि आवेदन दिन कार्यालयमा पुगेका र प्रहरीबीच झडप भएको थियो। प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोली चलाउदा दुई जनाको मृत्यु समेत भएको थियो।

झडपअघि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत भएको थियो। उक्त घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको हो।