राज्यव्यवस्था समितिको बैठकमा सांसदले मागे गृहमन्त्री श्रेष्ठकाे राजीनामा

राज्यव्यवस्था समितिको बैठकमा सांसदले मागे गृहमन्त्री श्रेष्ठकाे राजीनामा


काठमाडौं ।

नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

सोमबारको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै राईले बालकुमारी घटनामा गृहमन्त्रीको कमजोरी देखिएकाले राजीनामा दिनुपर्ने बताए ।

‘तपाईंले यो मुलुक चलाउन सक्नु भएन गृहमन्त्री ज्यू । यसरी मान्छे मार्न पाइँदैन, तपाईंले तत्काल राजीनामा दिनुस्,’ सांसद राईले भने ।

राजीनामा नदिए सरकारले अहिले बनाएको जाँचबुझ आयोग पनि काम गर्न नसक्ने उनको भनाइ छ ।

छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो । तपाई शालीन व्यक्ति, अव तपाई राजीनामा दिनुस्’, सांसद राईले भने, ‘सबैभन्दा राम्रो कुरा तपाई दिनुस्, दिनैपर्‍यो  ।’ उनले युवाले विदेश गएर काम गर्छु भन्दा ताकी ताकी गोली हानेर मार्नुहुन्छ भने तपाईंले राजीनामा नदिएर कसले दिन्छ भन्दै प्रश्न गरे ।