जापानमा ७.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी

जापानमा ७.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी


काठमाडौं ।

जापानको इसिकावा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.४ म्याग्नेच्युडको भूकम्प गएको छ। स्थानीय समय अनुसार दिउँसो ४: १० बजे भूकम्प गएको हो।

तटीय क्षेत्रमा भूकम्प गएपछि अधिकारीहरुले सुनामी आउन सक्ने चेतावनी दिएका छन्। भूकम्पको ध्क्का टोकियोसम्म महसुस गरिएको थियो।

भूकम्पबारे थप विवरण आउने क्रममा छ।

इशिकावा प्रिफेक्चरको नोटोसम्म पाँच मिटरसम्मको सुनामी पुग्ने अनुमान गरिएको मौसम विभागले जनाएको छ।

इशिकावा प्रिफेक्चरको वाजिमा शहरको तटमा एक मिटरभन्दा अग्लो छाल पुगेको जनाएको छ।