सेयर बजार पौने ९ अंकले घट्यो

सेयर बजार पौने ९ अंकले घट्यो


काठमाडौं ।

सेयर बजार पौने ९ अंकले घटेको छ । आइतबार ८.७५ अंकले घटेको सेयर बजार २०६०.१५ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ७७ वटा कम्पनीको सेयरमूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने १० वटाको स्थिर छ ।