काठमाडौं ।
सर्वोत्तम सिमेन्ट लिमिटेडले यही पुस २५ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली र उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपिओ निष्कासन गर्ने भएको हो।
कम्पनीले २ लाख ६७ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको जनाएको छ ।
त्यस्तै, कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपरासीको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं.२, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं.१, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं.७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गर्न लागेको हो ।
यस आइपिओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ । आवेदकले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा माघ १० गते र ढिलोमा २५ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने माघ १० गतेसम्म म्याद तोकिएको छ ।
यस कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । त्यस्तै, सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया