नयाँ बर्ष मनाउन आएका २ भारतीय पर्यटकको मृत्यु

नयाँ बर्ष मनाउन आएका २ भारतीय पर्यटकको मृत्यु


रौतहट ।

रौतहट स्थित भारत बिहार राज्यको सीतामढी बाट अंग्रेजी नयाँ बर्ष मनाउन आएका दुईजना युवकको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।

जिल्लाको उतरिभेग चन्द्रपुर नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार राती ठक्कर दिँदा सवार मध्ये दुईजना भारतीय युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सितामाढी जिल्ला डुमरीका ३५ वर्षिय पिंकु सिंह र सोही गाउँका २२ वर्षिय अवधेश झा रहेको प्रहरीले जनाएको छ। उनीहरूको उपचारको क्रममा गएराती नारायणी अस्पताल बिरगंजमा मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन।

नयाँ बर्षमा पिकनिक मनाएर वाग्मती नुनथरबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो ।

दुर्घटनामा टेम्पो चालक सर्लाहीको वाग्मती नगरपालिका–६ खाल्टे बस्ने ४४ बर्षिय भुपेन्द्र सहनी सहित सबै ६ जना घाईते भएका थिए। गम्भीर घाईते भारतीय नागरिक सिंह र झा लाई चन्द्रपुरमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल बिरगंज पठाईएको थियो।

अटोमा सवार चन्द्रपुर–५ का समिर अन्सारी, गरुडा–६ पोठियाहीका अस्गर देवान र उनका श्रीमती जवाहिर खातुन घाईते भएका थिए । देवानको मुखमा र अन्सारीको घाँटीमा चोट लागेको छ । खातुनको दाहिने हात भाँचिएको प्रहरीले जनाएको छ। घाईतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ ।

ईलाका प्रहरी कार्यालय चन्द्रपुरले ठक्कर दिने ट्यांकर चालक दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको छ । मृतक दुवैको शव नारयाणी अस्पतालमा राखिएको छ ।

बिहारमा मुख्य मन्त्री नीतीश कुमार को सरकारले मदिराजन्य पदार्थ बिक्री बितरण तथा सेवनमा प्रतिबन्ध लगाएको कारण बर्षको बिशेष अवसरमा हजारौँ भारतीय रौतहटको नुनथर, सर्लाहीको भारत ताल लगायतको पर्यटकिय स्थलमा आउने गर्दछन।