काठमाडौं ।
अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।
फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त ईभी भ्यान सार्वजनिक गरेको हो ।
गाडी सार्वजनिक गर्ने क्रममा एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले उक्त गाडी नेपाल सडकका लागि उपयुक्त भएको दाबी गरे । ‘यो गाडी लामो र छोटो दुवै रुटका लागि उपयुक्त छ’, उनले भने, ‘गाडी धेरैको रोजाइमा पर्ने हाम्रो आशा छ, हामीले गाडी बिक्रीलाई मात्र होइन गाडी बिक्रीपछिको सर्भिसलाई पनि उत्तिकै ध्यान दिएका छौं ।’
कम्पनीका अनुसार हाई रुफ ईभी भ्यान १४ र १५ सिटरको रहेका छन् ।
कम्पनीले उक्त ईभी भ्यान युरोपियन युनियन डब्लूभीटिए–प्रमाणित सवारीसाधन रहेको बताउँदै यसको परीक्षण र निरीक्षण जर्मन संस्था टीयूभी रेनल्यान्डद्वारा गरिएको छ ।
कम्पनीले १५ सिटर ईभी भ्यानको मूल्य ५७ लाख रुपैयाँ तोकेको छ ।
गाडीको खरिदमा ८० प्रतिशत फाइनान्सिङको सुविधा रहेको पनि बताइएको छ । कम्पनीका अनुसार फोटोनले गाडीको स्थायित्वका लागि ३ लाख किलोमिटर वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ ।
प्रतिक्रिया