भारतीय विदेशमन्त्री जयशंकर काठमाडाैंमा, ३ वटा प्रसारण लाइनको उद्घाटन गरिने

भारतीय विदेशमन्त्री जयशंकर काठमाडाैंमा, ३ वटा प्रसारण लाइनको उद्घाटन गरिने


काठमाडाैं ।

भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका लागि बुधबार काठमाडाैं आइपुगेका छन् ।

उनकाे नेपाल भ्रमणका क्रममा क्रममा १३२ केभीए का तीनवटा प्रसारण लाईनको उद्घाटन गर्ने कार्यक्रम छ । दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनकाे उद्घाटन हुनेछ ।

दुवै देशका परराष्ट्रमन्त्रीकाे राेहवरमा मा वाणिज्य मन्त्रालयबीच विभिन् एजेन्डा पनि छलफल हुनेछ ।

यी हुन् एजेन्डा :

-दुवै देशबीच रहेको वाणिज्य सन्धि पुनरावलोकन तथा संशोधन गर्न सम्बन्धित मन्त्रालयका सहसचिव स्तरीय समिति बनाउने प्रयास

– कृषिजन्य उत्पादनमा एक अर्काको देशमा कर नलगाउने प्रावधान खारिज गरेर नेपालले भारतको कृषि जन्य वस्तुको आयातमा कर लगाउन सक्ने प्रस्ताव गरेको छ ।

– भारतबाट नेपालमा आयात हुने कृषि उत्पाद वस्तुहरूमा नेपालको तर्फबाट कस्टम ड्यूटी लगाउन सक्ने प्रस्ताव

– नेपाली उत्पादन निर्यातमा भारतले लगाएको कोटा प्रणालीलाई हटाउनु पर्ने प्रस्ताव

– ३० प्रतिशत मूल्य अभिवृद्धि भएका वस्तु मात्रै नेपालले भारतमा निर्यात गर्न पाउने विद्यमान व्यवस्था संशोधन गर्दै त्यसलाई २० प्रतिशत बनाउने प्रस्ताव

– भारतले जुट लगायतका सामग्रीमा लगाउंदै आएको एंटी डम्पिंग ड्यूटी हटाउनु पर्ने प्रस्ताव

– नेपाल र भारतले एक–अर्काका गुणस्तरसम्बन्धी प्रमाणपत्रले मान्यता पाउनु पर्ने प्रस्ताव