१४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ


काठमाडौं ।

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले झापाबाट १ जनालाई पक्राउ गरेको छ।

बलात्कार अभियोगमा पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भूपाल विक छन् । उनलाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।