पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता

पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता


भैरहवा ।

पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह भैरहवा पुगेर उनीसँग भेटेका हुन्।

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित केही सातादेखि भैरहवामा छन् ।