ग्लोबल आइएमई बैंकले गर्याे २५३ कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंकले गर्याे २५३ कर्मचारीलाई सम्मान


काठमाडौं।

ग्लोबल आइएमई बैंकले स्थापनाको १७औं वार्षिकोत्सव अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका २५३ कर्मचारीलाई सम्मान गरेको छ।

बुधबार आयोजित कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष तथा उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि सेवारत कर्मचारीलाई सम्मान गरेका हुन्।

अध्यक्ष ढकालले आइएमई बैंकले मर्जर तथा व्यवसाय विस्तारसँगै संस्थाको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहक सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर थप प्रभावकारी र प्रविधिमैत्री बनाइने बताए। बैंक स्थापनाको १७ वर्षमा अधिकांश वित्तीय सूचकमा अब्बल हुन सफल भएको उनको भनाइ छ।

सरकार र राष्ट्र बैंकका नीति पालन गरेकै कारण बैंक अहिलेको अवस्थामा आइपुगेकाले लक्ष्य प्राप्तिभन्दा मिहिनेत र लगनशीलतामा जोड दिन कर्मचारीलाई आग्रह गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी लक्ष्य निर्धारण गरेर अगाडि बढिरहेको जानकारी दिए।

बैंकका वरिष्ठ नायव प्रमुुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आगामी वर्षमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै थप गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।

बैंकले हाल ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ।