८ अंकले घट्यो सेयर बजार, ५ अर्बको कारोबार

८ अंकले घट्यो सेयर बजार, ५ अर्बको कारोबार


काठमाडौं ।

सेयर बजार एकल अंकले घटेको छ ।

बिहीबार ८.७१ अंकले घटेको सेयर बजार २०४९.२८ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रुपैयाँको कारोबार भएको छ ।

यसदिन ११३ वटा कम्पनीको सेयरमूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।