पशुपति आरतीकाे भिडियाे फेसबुकमा हाले कारबाही गर्छाैँ : बुढासुब्बा डिजिटल

पशुपति आरतीकाे भिडियाे फेसबुकमा हाले कारबाही गर्छाैँ : बुढासुब्बा डिजिटल

पशुपतिकाे गंगा आरतीकाे सर्वाधिकार निजी कम्पनीलाई !


काठमाडौँ ।

पशुपतिनाथ परिसर बाग्मती किनारमा नित्य रूपमा हुँदै आएको साँझको आरतीको भिडियो अब सर्वसाधारणले खिच्न नपाउने भएका छन् ।

भिडियो खिचेर कसैले फेसबुक, इनस्टाग्राम वा युट्युबमा राखे डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने बुढासुब्बा डिजिटल प्रालिले बताएको छ ।

एक सूचना जारी गर्दै बुढासुब्बा डिजिटल प्रालिले यसबारे जानकारी गराएको हाे । उक्त सूचनामा भनिएको छ, ‘यस पशुपतिनाथ आर्यघाट क्षेत्रको बाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो समग्री फेसबुक, इन्स्टाग्राम,टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराइन्छ ।’

पशुपतिमा हुने नित्य आरतीको भिडियो खिच्ने र प्रसारण गर्ने एकाधिकार अहिले बुढासुब्बा डिजिटल प्रालिले पाएको र यसका लागि पशुपति क्षेत्र विकास कोषमार्फत् स्वीकृत पाएको बुढासुब्बा डिजिटल प्रालिले बताएको छ ।

योसँगै पशुपति क्षेत्र विकास कोषको यस कदमप्रति विवाद पनि सुरु भएको छ । पशुपति एवं बाग्मती गंगा आरती सेवा समितिले सञ्चालन गर्दै आएको आरतीमा पशुपति क्षेत्र विकास काेषले डिजिटल राइट्स बेचेको भन्दै केही अभियान्ताले यसको विरोध गरिरहेका छन् ।

हरेक साँझ पशुपति मन्दिरभित्रको आरती सकिएपछि बाग्मती नदी किनारको आरती हुन्छ । २०६४ साउन २१ गते आधिकारिक रूपमा ‘श्री पशुपति एवं बाग्मती गंगा आरती सेवा समिति’ स्थापना गरी दैनिक रूपमा आरती हुँदै आएको छ ।

May be an image of ‎text that says "‎सुचना! सुचना! सुचना! यस पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुबमा व्यवसायिक प्रायोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कार्वाही हुने जानकारी गराउदछौं। पशुपति وह विकास कोध पशुपति क्षेत्र विकास कोष द्वारा स्वीकृत प्राप्त बुढासुब्बा डिजीटल प्रा. लि. BS Eugt बुदासुब्या डिजिटल UI लि.‎"‎