आइपिओ ल्याउदै हिमालयन टाइम्स

आइपिओ ल्याउदै हिमालयन टाइम्स


काठमाडौं ।

हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ ।

सोही प्रस्तावसहित कम्पनीले पुस २५ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट दिउँसो ४ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आइपिओ जारी गर्ने प्रस्ताव पेश गर्नछ । त्यस्तै, बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि रहेको छ ।

आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।