आज घटबड भएन सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज घटबड भएन सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज तेजाबी सुन १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा करोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।