हिमालयन लघुवित्तका लगानी कर्ताकाे हाती खाली

हिमालयन लघुवित्तका लगानी कर्ताकाे हाती खाली


काठमाडौ

हिमालयन लघुवित्तको वार्षिक साधारण सभा बुधबार पुस २५ गते बस्ने भएको छ ।

लघुवित्तले लाभांश वितरण सम्बन्धी कुनैपनि एजेन्डा नरहेको र लाभांश वितरण नगरी सञ्चितिमा राख्ने निर्णय गरेको छ । जसअनुसार कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ ।

यसैगरी सभाले सर्वसाधरणमा सेयरधनीको तर्फबाट १ जना सञ्चालक नियुक्ति गर्ने भएको छ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।

सभा, बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।