केपी ओली भेट्न बालकोट पुगे रवि लामिछाने

केपी ओली भेट्न बालकोट पुगे रवि लामिछाने


काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए ।

पदयात्रा लगायतका कार्यक्रममा व्यस्त भएका कारण लामो समयदेखि भेट नभएकाले भेट्न गएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

उनका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको छ ।