सुनचाँदीको भाउ आज पनि स्थिर

सुनचाँदीको भाउ आज पनि स्थिर


काठमाडौं।

सुनचाँदीको कारोबार भाउ लगातार दोस्रो दिन स्थिर रहेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ रहेको छ ।

शुक्रबार पनि सुन सोही मूल्यमा किनेबेच भएको थियो ।आइतबार चाँदीको भाउ पनि स्थिर रहेको छ ।

आइतबार चाँदीको भाउ प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा किनेबेच भएको थियो ।