चन्द्रागिरी १४ का असिष्टेन्ट सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

चन्द्रागिरी १४ का असिष्टेन्ट सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले असिष्टेन्ट सवइन्जिनियर विजय लक्ष्मी पन्तविरुद्ध आज (आइतबार) विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए ।

भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुुस माग गरेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियारको टोली पन्तलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

पन्तविरुद्ध २५ हजार रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।