काठमाडौँ ।
नेपाली कांग्रेसले चरम आन्तरिक विवादका बिचमा राष्ट्रियसभाको उम्मेदवार चयन गरेको छ।
जसअनुसार नेपाली कांग्रेसले कृष्ण सिटौलादेखि जीतजंग बस्नेतलाई समेटेर राष्ट्रियसभाको उम्मेदवार चयन गरेको हो ।
सत्तारूढ गठबन्धनमा भएको भागबन्डा अनुसार १० सिट पाएको कांग्रेसले आज बिहान उम्मेदवार टुंगाएको हो ।
उम्मेदवारहरुकाे नामावली :
कोशी प्रदेशमा — श्री कृष्णप्रसाद सिटौला (अन्य)
मधेश प्रदेशमा — श्री आनन्दप्रसाद ढुंगाना (अन्य)
बागमती प्रदेशमा— श्री जीतजंग बस्नेत (अन्य)
श्री विष्णुदेवी पुडासैनी – (महिला)
गण्डकी प्रदेशमा— श्री किरणवावु श्रेष्ठ (अन्य)
श्री पदमबहादुर परियार – (अपाङ्गता-अल्पसंख्यक)
लुम्बिनी प्रदेशमा — श्री विष्णुकुमारी सापकोटा (महिला)
कर्णाली प्रदेशमा— श्री कृष्णबहादुर रोकाया (अन्य)
सुदूरपश्चिम प्रदेशमा— श्री बलदेव बोहरा (अन्य)
श्री नारायणदत्त भट्ट – (अपाङ्गता-अल्पसंख्यक)
प्रतिक्रिया