नेपालमै पहिलो पटक फल्यो यतिधेरै धान, काेशी प्रदेशले ताेडयाे रेकर्ड

नेपालमै पहिलो पटक फल्यो यतिधेरै धान, काेशी प्रदेशले ताेडयाे रेकर्ड


काठमाडौं ।

यो वर्ष हालसम्मै धेरै धान उत्पादन भएको छ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा हालसम्मै धेरै धान फलेको हो।

मन्त्रालयको तथ्यांकअनुसार यो वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ।

यसअघि सबभन्दा धेरै धान फलेको आर्थिक वर्ष २०७७/७८ मा थियो। सो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो।

यो वर्ष धान रोपाइँ गरिएको क्षेत्रफल कम छ। कुल धानबाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा ०.६१ प्रतिशत अर्थात ८ हजार ८ सय हेक्टर कम हो। तर उत्पादकत्व बढेकाले धेरै धान फलेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए।

उनका अनुसार अघिल्लो वर्षको तुलनामा यसपालि उत्पादकत्व ४.९७ प्रतिशतले बढेको हो।

‘गत वर्षको तुलनामा चालु आर्थिक वर्ष धानको कुल उत्पादन ४.३३ प्रतिशतले वृद्धि भएको छ,’ रेग्मीले भने, ‘यसपालिको उत्पादन विगत चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो।’

प्रदेशगत हिसाबमा यो वर्ष सबभन्दा धेरै धान कोशीमा उत्पादन भएको छ। त्यस्तै सबभन्दा कम कर्णालीमा भएको छ।

कोशीमा यो वर्ष १४ लाख ३५ हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको छ भने कर्णालीमा एक लाख ४५ हजार ६३ मेट्रिक टन छ।

त्यस्तै बागमतीमा पाँच लाख ४ हजार ३४४, लुम्बिनीमा १३ लाख १० हजार ८२९, गण्डकीमा तीन लाख ९१ हजार ६२४, सुदूरपश्चिमममा पाँच लाख ९९ हजार १२५ र मधेसमा १३ लाख ३७ हजार ६७२ मेट्रिक टन धान उत्पादन भएको छ।

उत्पादकत्वतर्फ पनि यो वर्ष कोशी प्रदेश सबभन्दा अगाडि छ। कोशीमा यसपालि एक हेक्टर जग्गा बराबर ४.४३ मेट्रिक टन धान उत्पादन भएको छ।

सबभन्दा कम उत्पादकत्व भने मधेस प्रदेशमा देखिएको छ। यहाँ एक हेक्टर जग्गामा औसत ३.४९ मेट्रिक टन उत्पादन भएको छ।

धान कहाँ कति फल्यो

प्रदेश अघिल्लो वर्षको उत्पादन (मे.टन) यो वर्षको उत्पादन (मे.टन) उत्पादन वृद्धिदर
कोशी ,३३६,०५७ ,४३५,५७८ .४५
मधेस ,३८८,८४१ ,३३७,६७२ .६८
बागमती ५००,४४६ ५०४,३४४ .७८
गण्डकी ३९१,१२१ ३९१,६२४ .१३
लुम्बिनी ,१५१,३१३ ,३१०,८२९ १३.८६
कर्णाली १२९,४७३ १४५,०६३ १२.०४
सुदूरपश्‍चिम ५८९,२२१ ५९९,१२४ .६८
जम्मा ,४८६,४७२ ,७२४,२३४ .३३