कतिमा भयो हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार?

कतिमा भयो हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार?


काठमाडौं ।

हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार आज (सोमबार) देखि सुरू भएको छ।

स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ३०९ रूपैयाँ २० पैसामा कारोबार खुला भएको हो।

सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। कम्पनीको ‘एचआरएल’ संकेतमा सेयर कारोबार खुला भएको हो।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको १० करोड कित्ता आइपिओ सूचीकृत भएको थियो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूको लागि (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरू) समेत तीन करोड कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको सात करोड कित्ता सेयर गरी उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो।

कम्पनीले पहिलो कारोबारको लागि १०३ रूपैयाँ ७ पैसादेखि ३०९ रूपैयाँ २१ पैसाको ओपनिङ रेन्ज पाएको थियो।

सोही रेञ्जभित्र रहेर कम्पनीको पहिलो कारोबार खुला भएको हो।

नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।

यस अवधिसम्म कम्पनीको सेयर ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३४० रूपैयाँ १० पैसा पुगेको छ।