निजगढबाट सरुवा लिएर गए निरौला, आए बर्तौला

निजगढबाट सरुवा लिएर गए निरौला, आए बर्तौला


बारा ।

बाराको निजगढ नगरपालिकामा कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले २०८० साउन २३ गते निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीलाई पत्र लेख्दै अनुभवको अभाव, घरायसी तनाव र मुटुमा समस्या भएको बताउदै नगरपालिकामा स्वस्फुर्त काम गर्न नसकेको बताउँदै पत्र लेखे ।

त्यसको केहि समयपछि निजगढ नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत निरौलाको पत्र र उनको स्वास्थ्य र व्यवहारीक समस्यालाई मध्यनजर गर्दै सरुवाको सहमति दिएको थियो ।

त्यो पत्र सहित प्रमुख प्रशासकीय अधिकृत निरौला पटक पटक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौँ पुगेर आफ्नो सरुवाको ताकेता गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले बताए । उनले त्यसको प्रमाण समेत हामीलाई उपलब्द गराए ।

उनले मन्त्रालयमा गएर उनको स्वास्थ्य र व्यवहारीक कारणले सरुवा माग गरेको र अव सेवा अबधि समेत निकै कम रहेकाले बाकी समय मन्त्रालयमै बस्न चाहेको बताउदै आएका थिए ।

त्यसको करिब पाँच महिना पछि २०८० पुष ५ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा उनले भने अनुरुप सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गरेको हो ।

यता निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत निरौला सरुवा भए लगतै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत उपसचिव अजय बर्तौलालाई निजगढ नगरपालिकामा सरुवा गरेको थियो ।

निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव अजय बर्तौला सोमबार कार्यालयमा हाजिर समेत भईसकेका छन ।

उनलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, वडा अध्यक्ष तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटा सहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए ।

बर्तौलाले यस अघि पनि काठमाडौ स्थित कागेश्वरी मनोहरा नगरपालिका लगायत अन्य स्थानिय तहमा प्रमुख प्रशासकीय अधिकृत भई कार्य गरेको अनुभव रहेको छ ।