लोकसेवा आयोगले माग्यो ४ सय बढी कर्मचारी

लोकसेवा आयोगले माग्यो ४ सय बढी कर्मचारी


काठमाडौं ।

लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन आह्वान गरेको छ ।

निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त माग गरेको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने छन् ।