घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

 

मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलमा १ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै मंगलबार छापावाल सुनको प्रतितोला १ लाख १९ हजार ४ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ८५० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो ।