एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

एकैदिन १२ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ।

अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको हो।

मंगलबार प्रतितोला एक लाख १९ हजार चार सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको छ।

एक हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज चाँदी प्रतितोला एक हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।