काठमाडौं ।
आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् ।
कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई आधा किलो सुनसहित पक्राउ गरिएको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कतारको दोहाबाट तरल रूपमा ल्याएको आधा किलो सुनसहित झापा स्थायी ठेगाना भएका खगेन्द्र दर्जीलाई नियन्त्रणमा लिएको हो ।
दर्जीले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले दर्जीलार्य नियन्त्रणमा लिएको हो ।
हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारका दोहादेखि काठमाडौँ आएका दर्जीले तरल पदार्थ बनाएर सुन ल्याएका थिए ।
विशेष सूचनाको आधारमा दर्जीलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले बताए । बरामद भएको सुन दर्जी आफैले ल्याएको वा उनी भरिया मात्रै हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।
प्रतिक्रिया