अमेरिकामा ३ ठाउँमा गोली हानी ८ को हत्या

अमेरिकामा ३ ठाउँमा गोली हानी ८ को हत्या


शिकागो ।

अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ ।

अमेरिकाको शिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो ।

अमेरिकाको शिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानिय प्रहरीले जनाएको छ । सो घटनामा इलिनोइस राज्यका प्रहरी अधिकारीहरूले सोही व्यक्तिले ८ जनाको हत्या गरेको र हाल फरार रहेको जानकारी दिएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार इलिनोइस राज्यको शिकागो नजिकै रहेको जोलिएट विल काउन्टीका प्रहरीले हत्याको कारण पत्ता लगाउन प्रयास गरिरहेको बताएको छ। सोमबार साँझ पत्रकारसँग कुरा गर्दै उनले हत्या गर्ने व्यक्ति पीडितलाई चिनेको दाबी गरेका छन ।

आइतबार र सोमबार तीन फरक ठाउँमा मृतकको शव फेला परेको थियो । अमेरिकामा हत्या भएको जानकारी पाएपछि प्रहरीले सामाजिक सञ्जालमा चेतावनी जारी गरेको छ ।

प्रहरीले सो घटनाको संदिग्धलाई सशस्त्र र खतरनाक हत्यारा घोषणा गरेका छन । जोलिएटका प्रहरी प्रमुख विलियम इभान्सले संघीय अनुसन्धान ब्यूरो (एफबीआई) टास्क फोर्सले संदिग्धको खोजीमा स्थानीय प्रहरीलाई सहयोग गरिरहेको बताए।

मारिएका मध्ये एक जनाको शव आइतवार विल काउन्टीको एक घरमा फेला परेको थियो भने बाँकी ७ जनाको शव जोलिएटस्थित दुई घरमा भेटिएको थियो ।

सोमबार साँझ पीडितको घरबाहिर पत्रकार सम्मेलन गर्दै विलियम इभान्सले भने, ‘म २९ वर्षदेखि प्रहरी हुँ र यो सायद मैले भोगेको सबैभन्दा खराब अनुभव हो ।’

सोमबार दिउँसो फेसबुक पोस्टमा, जोलिएट पुलिसले भने कि उनीहरूले मृत फेला परेका व्यक्तिहरूको अनुसन्धान गरिरहेका थिए। यसका साथै उनले संदिग्ध अभियुक्तको तस्बिर पनि सेयर गरेका छन् र अभियुक्तको गाडीको पहिचान पनि गरेका छन् । प्रहरीका अनुसार आरोपीको नाम रोमियो नान्स रहेको छ, जो २३ वर्षका छन । उनीसँग रातो टोयोटा क्यामरी कार पनि थियो, जुन उसले चलाइरहेको थियो।