राष्ट्रियसभा निर्वाचन : कर्णालीमा सकियो मतदान

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा सकियो मतदान


सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदानका लागि लाइनमा बस्दै कर्णाली प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु। तस्बिर: सुरेश आचार्य / रासस

सुर्खेत ।

देशभरका सातवटै प्रदेशमा बिहीबार राष्ट्रियसभा सदस्य चयनका लागि मतदान भइरहेको छ । तर, तीन सदस्यका लागि कर्णाली प्रदेशमा भएको मतदान भने सकिसकेको छ । प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको थियो ।

कर्णाली प्रदेशमा प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्णालीमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु बहादुर विक (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) उम्मेदवार छन्  भने एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार छन् ।