इमेज सहकारीकाे डेढ अर्ब हिनामिना प्रकरण : फरार रहेकी कोषाध्यक्ष पक्राउ

इमेज सहकारीकाे डेढ अर्ब हिनामिना प्रकरण : फरार रहेकी कोषाध्यक्ष पक्राउ


बागलुङ ।

बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सुनारलाई ललितपुर महानगरपालिका–३, धोबिघाटबाट पक्राउ गरेको हो ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि फरार रहेकी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका देवकुमार नेपालीसहितका पदाधिकारीहरु अझै फरार छन्।

उनीहरुविरुद्ध बागलुङ जिल्ला अदाललतले जेठ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो।

सरिता तिमल्सेनासमेतको संयुक्त जाहेरीमा उक्त सहकारीका संचालक समितिका अध्यक्ष ५१ वर्षका देवकुमार नेपालीसमेत आठ जना भएको सहकारी ऐन २०७४, अन्तर्गतको कसुरमा उनीहरुलाई पक्राउ गर्नको लागी बागलुङ जिल्ला अदालतले गत जेठ २४ गते पक्राउ गर्नका लागि अनुमति दिएको थियो ।

उनीहरुविरुद्ध कुल एक अर्ब ३० करोड बिगोदाबीसहित १५ सय ४३ जनाको हस्ताक्षरसहित अदालतमा सहकारी मुद्दा दर्ता भएको थियो ।