काठमाडौं ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.को छैठौं वार्षिक साधारण सभा आम्रपाली बैंक्वेट, नक्साल, काठमाडौंमा गरेको छ।
कम्पनीका अध्यक्ष तारा चन्द केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरे ।
कम्पनीको छैठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आ.व. ०७८/७९ वार्षिक प्रतिवेदन सहित साबिक सानिमा लाईफ इन्स्योरेन्स लि. तथा रिलायन्स लाइफ इन्स्योरेन्स लि. का आ.व. २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ।
साथै आ.व.०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ।
सभाले संस्थापक शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु क्रमशः कुमार प्रसाद कोइराला, रतनलाल केडिया, डा. सुवर्ण दास श्रेष्ठ र भरत कुमार तोदी निर्विरोध निर्वाचित भए ।
त्यस्तै सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक क्रमशः श्री केशव राज के.सी. र श्री परिक्षीत खेम्का निर्विरोध निर्वाचित भए ।
प्रतिक्रिया