ताप्लेजुङ ।
ताप्लेजुङमा २५ दिनको बच्चालाई खोप लगाउन हिँडेकी महिला मृत फेला परेकी छन्।
पाँचथर याङवरक गाउँपालिका-६ की २६ वर्षीया यमुना चापागाई ताप्लेजुङको अठराई त्रिवेणी गाउँपालिका वडा -२ मा मृत फेला परेकी हुन्।
उनी आइतबार साढे १२ बजे बच्चालाई खोप लगाउन भनेर निस्केकी थिइन्। साँझसम्म घर नफर्किएपछि घरपरिवार र आफन्तले प्रहरीलाई खबर गरेका थिए।
खोजतलासका क्रममा उनी मृत भेटिएको ताप्लेजुङका डिएसपी राजेन्द्र लिम्बुले जानकारी दिए।
‘२५ दिनको बच्चा भने फेला परेको छैन,’ उनले भने, ‘आफन्त र प्रहरीले बच्चा खोजिरहेका छौं।’
उनको शव भेटिएको नजिकै मोबाइल, ज्याकेट र झोला भेटिएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी लिम्बुले बताए।
प्रतिक्रिया