२ हजार किलो माछासहित २ जना पक्राउ

२ हजार किलो माछासहित २ जना पक्राउ


बुटवल ।

भारतबाट अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणमा माछा प्रहरीले बरामद गरेको छ।

सोमबार राति बलेरो पिकअप गाडीमा राखेर ल्याउँदै गरेको दुई हजार किलो माछासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार प्रहरीले हाटबजार लाईनबाट लु २ च ३३२९ नम्बरको पिकअप गाडीसहित सझार पछिया र चालक शिवकुमार यादवलाई नियन्त्रणमा लिएको हो।

यसअघि प्रहरीले थोरै संख्यामा माछा बरामद गर्ने गरेको थियो। प्रहरीले पहिलो पटक यति ठूलो परिमाणमा माछा बरामद गरेको हो।

प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा खटिएको टोलीले माछा बरामद गरेको हो। पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ।

उनीहरूले माछा कपिलवस्तुबाट ल्याएको भन्दै बिल देखाएका थिए। त्यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। नेपालमा उत्पादन गरिने माछा भन्दा भारतीय माछा सस्तो हुने भएकाले व्यवसायीहरूले भारतबाट ल्याउने गरेको हो।