क्यानडाविरुद्ध नेपालकाे चामत्कारिक जित

क्यानडाविरुद्ध नेपालकाे चामत्कारिक जित


काठमाडौँ ।

नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल विजयी भएकोछ ।

नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको क्यानडा २१७ रनमै समेटियो ।

जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको क्यानडा ४७.५ ओभरमा अलआउट भयाे ।