अरुण चाैधरी छाड्ने न्यायाधीशकाे मुगु काज सरुवा

अरुण चाैधरी छाड्ने न्यायाधीशकाे मुगु काज सरुवा


काठमाडाैँ ।

बाँसवारी छाला जुत्ता कारखानाको जग्गा हडपेकाे आराेपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यवसायी अरूणकुमार चौधरीसहित ३ जनालाई छाड्ने आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु काज सरुवा गरिएकाे छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई मुगु जिल्ला अदालतमा काज सरुवा गरेका हुन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश आचार्यले माघ २२ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका चौधरीलाई २ दिनभित्र अनुसन्धान नसके थुनामुक्त गर्न आदेश दिएका थिए ।