किर्तिमानी साझेदारीसँगै भिम र अनिलकाे शतक

किर्तिमानी साझेदारीसँगै भिम र अनिलकाे शतक


काठमाडाैँ ।

क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् ।

नेपालका कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो ।

त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो ।

तर, तेस्रो नम्बरमा गएका भीमले अनिलसँग कीर्तिमानी १८९ रनको साझेदारी गर्दै नेपाललाई ९ विकेटको जित दिलाए ।

अनिलकुमारले ११६ बलमा ११ चौका र एक छक्काको मदतमा शतक पूरा गरे भने भीमले १२१ बलमा ११ चौका र एक छक्काको मदतमा शतक बनाएका हुन् ।

याे नै नेपालका लागि अहिलेसम्म भएकाे उच्च साझेदारी हाे ।  उनीहरुले नटआउट १८९ रनको साझेदारी भयो।

यसअघि नेपालका लागि एकदिवसीय खेलमा उच्च साझेदारी १७१ रनको थियो। जुन कुशल भुर्तेल र आसिफ शेखकाे नाममा थियाे ।