कुवेतविरुद्ध सहज जित निकाल्दै सेमिफाइनलमा पुग्याे महिला क्रिकेट टिम

कुवेतविरुद्ध सहज जित निकाल्दै सेमिफाइनलमा पुग्याे महिला क्रिकेट टिम


काठमाडाैँ ।

कुवेतलाई ८ विकेटले हराउँदै नेपाल महिला क्रिकेटको सेमिफाइनलमा पुगेकाे छ । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतमाथि ८ विकेटको जित हात पारेको हाे ।

वर्षाले प्रभावित खेलमा नेपालका लागि १२ आ‍ेभरमा ५० रनकाे लक्ष तय गरिएकाे थियाे । नेपालले उक्त लक्ष ६.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्याे ।

नेपालका लागि कप्तान इन्दु बर्माले नट आउट २२ रन र सीता राना मगरले १७ रन बनाइन् ।

यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो ।

कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिइन् ।