नामिबियाका बलरसामु धराशायी बन्याे नेपाल, १३२ रनमै अलआउट

नामिबियाका बलरसामु धराशायी बन्याे नेपाल, १३२ रनमै अलआउट


काठमाडौँ ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले कमजोर प्रदर्शन  देखियाे । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासामु मात्र १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए भने गुलसन झाले २१, करण केसीले १६ रन र पवन शर्राफले १२ रन बनाए ।

नेदरल्याण्ड्सका लागि जेरहार्ड इरासमसले ५ तथा रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले २–२ विकेट लिए ।

खेलमा नेपाललाई पहिलो ओभरमा नै झट्का लागेको थियो । कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भए । तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर आउट भए ।

चौथो ओभरमा आसिफ शेख ४ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भए । १० औँ ओभरमा कप्तान रोहित पौडेल १ रन बनाएर ब्रासेलको बलमा आउट भए ।

अब नामिबियाले जितका लागि १३३ रन बनाउनु पर्ने छ ।