बुटवलका विद्यालयलाई उपमहानगरकाे पुस्तक उपहार

बुटवलका विद्यालयलाई उपमहानगरकाे पुस्तक उपहार


बुटवल ।

बुटवल उपमहानगरपालिकाले सरस्वती पूजाको अवसरमा बुटवलभित्रका विद्यालयहरुलाई पुस्तक उपहार दिएको छ।

बुटवल उपमहानगरपालिकाको ६५औँ स्थापना दिवसमा आयोजित लोकनृत्य प्रतियोगिताकै अवसरमा नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले नेपाल-अंग्रेज युद्धसम्बन्धि निर्मल श्रेष्ठले लेखेको पुस्तक उपहार दिएका हुन् ।

बुटवलभित्रका सबै विद्यालयहरूलाई बुटवलको इतिहास र यस क्षेत्रका विषयमाथि लेखेका पुस्तक विद्यालयमा पुर्‍याउने उदेश्यले पहिलो चरणमा इतिहाससम्बन्धी पुस्तक प्रदान गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

विद्यालयहरुमा पुस्तकालय स्थापना तथा पाठ्यक्रमभन्दा बाहिरको ज्ञान समेत विद्यार्थीलाई अध्ययनमा रुचि बढाउन पुस्तक वितरण गर्ने उनले बताए। उनले बुधबार २२ वटा विद्यालयलाई पुस्तक दिइएको र बाँकीलाई अरु पुस्तक समेत थप गरी प्रदान गरिने बताए।