ललितकाे बलमा नामिबियाका दुबै आ‍ेपनर आउट

ललितकाे बलमा नामिबियाका दुबै आ‍ेपनर आउट


काठमाडौँ ।

१३३ रनकाे लक्ष पछ्याएकाे नामिबियाकाे २ विकेट पतन भएकाे छ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध दोस्रो सफलता हात पारेको हाे ।

दुबै विकेट  ललित राजवंशीले लिएका छन् । नेपालका लागि ललितले दुवै ओपनरको विकेट लिएका हुन् । २३ रन बनाएका ओपनर माइकल भान लिनगेनलाई आउट राजवंशीले यसअघि निकोलस डाविनलाई १५ रनमा आफ्नो शिकार बनाएका थिए ।

नामिबियाले २ विकेटको क्षतिमा ७९ रन बनाएको छ । यसअघि नेपालले नामिबियासामु जीतका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन बनाएको हो ।