माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने, केन्द्रीय समिति १९९ सदस्यीय बनाउने

माओवादीले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने, केन्द्रीय समिति १९९ सदस्यीय बनाउने


काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिह्न नफेर्ने भएको छ ।

पार्टीको विधान अधिवेशनमा २० समूहबाट प्राप्त सुझावको निष्कर्ष सुनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने निष्कर्ष सुनाएका हुन् ।

आवश्यकता अनुसार आगामी दिनमा पार्टीको नाम भने फेर्न सकिने उनको भनाइ रहेको एक नेताले बताए ।

त्यस्तै, माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ।

पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एक नेताले जनाए ।

माओवादीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो । तर, विधान अधिवेशन हलले संख्या बढाएको हो ।

यस्तै, कार्यालय ११ जनाको बनाउने स्थायी कमिटी केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउनेलगायतका निर्णय पनि भएको छ ।